जिल्ला सहकारी संघ दाङले मनायो अन्तर्राष्ट्रिय सहकारी दिवस – Kanika Khabar
Friday, January 17Nepali News Portal

जिल्ला सहकारी संघ दाङले मनायो अन्तर्राष्ट्रिय सहकारी दिवस

    मा प्रकाशित

कनिका खबर

दाङ, २० असार

जिल्ला सहकारी संघ दाङले आज शनिबार ९८ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएको छ । कोरोना महामारीका बिचमा औपचारिक कार्यक्रम हुन नपाए पनि संघले “स्वस्थ वातावरणका लागि सहकारी” भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघका संचालकहरुका बिचमा शुभकामना आदान प्रदान गरी महत्वपूर्ण निर्णय गरी दिवस मनाएको हो ।
जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै विपदको समयमा राज्यले निर्धारण गरेका मापदण्डको पालन गरी सहजरुपमा सेवा प्रदान गर्न सम्पुर्ण सहकारीलाई आग्रह गरेको छ ।
बैठकले नागरिकको सम्बन्ध सहकारीसँग प्रत्यक्षरुपमा जोडिएको भन्दै जिल्लामा रहेका सबै सहकारी संस्थाले लकडाउन अवधिको वचतमा विलम्व शुल्क र कर्जाको हर्जना शुल्क नलिने निश्कर्ष निकालेको छ । कोरोना महामारीका कारण जनजीवन अस्तव्यस्त बनिरहेको समयमा सहकारी संस्थाहरुले आफ्ना सदस्य तथा नागरिकको साथमा रहेर उनीहरुलाई हरेक प्रकारले साथ र सहयोग गर्नु सहकारी संस्थाको कर्तव्य रहेको अध्यक्ष शर्माले बताए ।

बैठकले विषम स्थितिमा नागरिक सेवालाई प्राथमिकतामा राखि रासायनिक मल, कृषि, दुग्ध उत्पादन, उपभोग्य बस्तु, स्वास्थ्य, सञ्चार, वित्तिय सेवा लगायतका सेवा राज्यले निर्धारण गरेका मापदण्ड पालना गरी सहज रुपमा प्रदान गर्न सम्पूर्ण सहकारी संस्थाहरुले निर्देशन जारी गरेको छ ।

त्यस्तै सदस्य तथा नागरिकहरुलाई सेवा, सहुलियत, छुट र सुविधा बढि भन्दा बढि प्रदान गर्नका लागि सहकारी संस्थाहरुलाई अनुरोध समेत गरिएको छ । बैठकको सहजीकरण जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्