मोवाईल व्यवसायी लुम्बिनीको अध्यक्ष शर्मा – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

मोवाईल व्यवसायी लुम्बिनीको अध्यक्ष शर्मा

    मा प्रकाशित

दाङ जेठ १३ ।
नेपाल मोवाईल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा शेषनारायण शर्मा सर्वसम्मत चयन हुनुभएको छ । महासंघका केन्द्रिय सदस्य दिपक पाण्डेयको अध्यक्षता एव केन्द्रिय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा दाङको घोराहीमा भएको भेलाले तिन जना पछि थप्ने गरी २७ सदस्यीय समिति बनाएको छ ।
जसको प्रथम उपाध्यक्षमा केशव खनाल, द्धितिय उपाध्यक्ष दयानिधी भण्डारी, महासचिव केशवराज भुषाल, सचिव विकास गौतम, कोषाध्यक्ष शरद केसी र सह कोषाध्यक्ष दुर्गा गैर्य रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा अजाद अन्सारी, प्रविण विक, धिरण खरेल, इश्वरप्रसाद अधिकारी, भिमसेन डिसी, श्यामलाल बेलवासे, राजु गिरी, नित्यानन्द पाण्डेय, तिलक मरासीनी, प्रकाश जी सी, युवराज शर्मा, नमराज पौडेल, महेन्द्र पुनमगर, भुवन पाण्डेय, विकास न्यौपाने, माधव वन्जाडे र गोपाल पोख्रेल रहनुभएको छ ।
मेवाइल तथा इलेक्टोनिक्स व्यवसायी समिति दाङका अध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय सचिव डिल्ली बहादुर तामाङ, केन्द्रिय सदस्य विष्णु ज्ञवाली, दाङ जिल्ला उद्योग वाणिज्इ संघका सचिव नरेशकुमार श्रेष्ठ, कपिल वस्तुका माधव बञ्जाडे, पत्रकार हेमराज शर्मा, प्ुयठानका प्रविनण विक, गुल्मीका तिलक शर्मा, डिलर एसोसियसनका शंकर अधिकारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भिमसेन डिसीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्