‘सारङ्गी धुन’ : राशीको माधुर्य – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘सारङ्गी धुन’ : राशीको माधुर्य

    मा प्रकाशित

May be an image of 6 people, beard, people smiling and textदाङ, २९ जेठ ।
गायिका तथा कुशल उद्घोषिका राशी रिजाल ‘सारङ्गी धुन’ कार्यक्रम लिएर आएकी छिन् । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै विभिन्न कार्यक्रमहरु उत्पादन भइरहेका बेला रिजालले एउटा पृथक कार्यक्रम लिएर आएकी हुन् । ‘सारङ्गी धुन’ लाई राशीको माधुर्यले अझ पृथकता थप्ने काम गरेको छ ।

पछिल्लो समयमा कुशल उद्घोषिका तथा गायिकाका रुपमा चर्चामा रहेकी रिजालले कार्यक्रमको भीडमा एक फरक कार्यक्रम लिएर आएकी छिन् । आर्टिस्ट खबर युट्युब च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘सारङ्गी धुन’ को पहिलो भाग सार्वजनिक भइसकेको छ ।

May be an image of 2 people, henna, wedding and text

गोपिकृष्ण चापागाईं निर्माता रहेको प्रस्तुत कार्यक्रमको छायाँङ्कन तथा सम्पादन लक्ष्मण शर्मा र शिव पाण्डेले गरेका छन् । कार्यक्रम अवधिभर प्रस्तोता र अतिथिसँगै रहेर बेलाबेला सारङ्गीको मिठो धुन सुनाउने काम राजेश गन्धर्वले गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्