तुलसीपुरमा चित्रकला प्रतियोगिता – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

तुलसीपुरमा चित्रकला प्रतियोगिता

    मा प्रकाशित

No description available.दाङ, २७ जेठ ।
प्याब्सन तुलसीपुर नगर समितिको आयोजना चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन तुलसीपुरको आयोजनामा आधारभूत तथा मा वि स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा आधारभुत तर्फ सप्तरङी स्कुल प्रथम, हाम्रो पहुँच सेकेन्डरी स्कुल द्वितीय, संस्कार पाठशाला दाङ तृतीय र अमर इ स्कुल सान्त्वना भएका थिए ।
त्यस्तै मावितर्फ गोरखा मावि प्रथम, हिमाल एकाडेमी द्वितीय , सप्तरङ्गी मावि तृतीय र शान्ति दीप मावि सान्त्वना भएका थिए ।

प्याब्सन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन दाङका अध्यक्ष मधुसूदन के सी ,गोरखा मोडेल कलेजका क्याम्पस प्रमुख पूर्ण विक्रम डाँगी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विष्णु योगीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्