मावि सौडियारमा प्रत्येक महिना तहगत रुपमा विषयगत शिक्षकले ५ पटक प्रोजेक्टरबाट पढाउनुपर्ने – Kanika Khabar
Monday, February 16Nepali News Portal

मावि सौडियारमा प्रत्येक महिना तहगत रुपमा विषयगत शिक्षकले ५ पटक प्रोजेक्टरबाट पढाउनुपर्ने

    मा प्रकाशित

दाङ, २७ जेठ ।

दाङकाे घोराही ७ सौडियार स्थित माबी सौडियारमा प्राबी, निमाबी र माबी तहमा प्रोजेक्टरबाट पढाइ सुरु गर्ने भएको छ ।

मावि सौडियारको शुक्रबार बसेको बिद्यालय ब्यबस्थापन समितीको बैठकले बिद्यालयको सबै तहमा प्रत्येक महिनामा बिषयगत शिक्षकले ५ पटक आफ्नो बिषय प्रोजेक्टरबाट अनिबार्य पढाउनै पर्ने निर्णय गरेको छ।

 

आईसिटि तालिम प्राप्त शिक्षकहरुको सहयोग र समन्वय उक्त कार्य गर्नु पर्ने र सोको सुपरिबेक्षण बिब्यस आफै उपस्थित भएर गर्ने निर्णय भएको बिब्यस सदस्य जिउधन चौधरीले बताए ।

 

त्यस्तै बैठकले विद्यालयमा अनुशासनको पालना गराउन डिआइको रुपमा बिद्यालयका शिक्षक नन्द वलि संयोजक र शैक्षिक अनुगमन समितिका सदस्य लोकबहादुर कुवरलाई अभिभाबकको तर्फबाट सह संयोजकको जिम्मेवारी दिने निर्णय गरेको सदस्य चौधरीले जानकारी दिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले बिद्यालयमा टाढाबाट आउने बिद्यार्थीका लागि स्कुल बस सन्चालनको लागि सम्बन्धित निकाय घोराही उपमहानगरपालिकासँग माग गर्ने निर्णय गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्