विजय परियारले ल्याए ‘जात’ (भिडियोसहित) – Kanika Khabar
Saturday, April 27Nepali News Portal

विजय परियारले ल्याए ‘जात’ (भिडियोसहित)

    मा प्रकाशित

दाङ,२८ जेठ ।

दाङ निवासी गायक बिजय परियारको जातीय छुवाछुत सम्वन्धी चेतनामुलक गीत ‘जात’ले पछिल्लो समय चर्च कमाउँदै गएको छ । लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाएर गीतसंगीतका क्षेत्रमा संघर्षतरत परियारको पछिल्लो गीत, हो जात ।

गायक विजय परियारको आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक भएसँगै गीतले सकारात्मक चर्चा बटुल्दै गएको छ ।समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि गायक परियारले गीतका माध्यमबाट सन्देश दिनका लागि गीतको रचना गरेको बताएका छन् ।

‘समाज विद्यमान ठुलो र सानो जातविचको विभेद अन्त्यका लागि गीतले सन्देश दिएको छ’,गायक परियारले भने,‘जात सानो कि मन सानो खुल्ला दिलले सोच्न आवश्यक छ ।’ गायक स्वयम परिवारले रचना गरेको गीतले समाजमा घट्ने सत्य घट्नाहरुलाई गीतका मार्फत चित्रण गरिएको छ । गीतमा विजयलाई चर्चित लोक गायिका शान्तिश्री परियारले स्वर दिएर साथ दिएकी छिन् ।

दिनेश परियारले एरेन्ज गरेको चेतनामुलक गीतमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार सुशील पोख्रेल , रश्मी भट्ट, रोश्नी कार्की, सुवर्ण दुलाल, सिर्जना खनाल र संगीत सुनारको अभिनय रहेको छ । गीत ओयव रेकर्डिङ स्टुडियोमा रेकडिङ गरिएको छ । गीतलाई समिर कार्कीले रेकर्ड गरेका हुन् भने मिक्स मास्टरिङ्ग नरेन्द्र वियोगीले गरेका छन् ।

सुवर्ण दुलालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोले युटुवमा समेत राम्रो भ्युज प्राप्त गरिरहेको छ । गीतमा दाङ निवासी पोषण श्रेष्ठले संगीत गरेका छन् । गीतलाई जितु तामांङले छायांकन, सम्पादन र कलरिङ्ग गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्