ज्ञानज्योति देशकै उत्कृष्ट १० मा पर्न सफल – Kanika Khabar
Saturday, May 18Nepali News Portal

ज्ञानज्योति देशकै उत्कृष्ट १० मा पर्न सफल

    मा प्रकाशित
No description available.दाङ, १८ असार ।
दाङको तुलसीपुरस्थित जानज्योति मावि देशकै उत्कृष्ट १० मा परेको छ । मुलुकभरबाट छनोट गरिएका ८ हजार ८ सय ६ मावि मध्ये ज्ञानज्योति उत्कृष्ट १० औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट १० मा परेको हो ।
No description available.
छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये ५ सय बढी विद्यार्थी हुने माविलाई पहिलो मापदण्ड बनाइएको थियो  । त्यसबाट छनौट भएका ८० माविहरुमध्ये कक्षा १२ मा उत्कृष्ट रिजल्ट ल्याएका २० वटा माविहरु छनौट भएका थिए  । त्यसपछिको छनौट भएका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, र हालसम्मको शैक्षिक उपलब्धी, हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्ष र नागरिकहरुमा परेको प्रभावमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा  अब्बल माविको सूची तयार पारिएको हो । जसमा ज्ञानज्योतिले १० औं स्थान हासिल गर्न सफल भएको छ । यो नतिजा एजुकेसन समाचार काठमाडौंले तयार पारेको हो ।
यस्तो छ ज्ञानज्योति माविको इनितहास
मोफसलका प्रमुख अब्बल माविहरुमध्ये एक हो– दाङको तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कुल । लुम्बिनी प्रदेशमा निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञानज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीले बताए ।
‘विद्यार्र्थीहरुलाई क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्नु ठूलो कुरा हो, त्यसले नै सफलता र अब्बलता निर्धारण गर्छ । त्यो गुण ज्ञानज्योतिको टिमसँग छ । साथैै गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुलक शिक्षामा जोड दिएका कारण पनि ज्ञानज्योति सफलता हासिल गर्न योग्य ठहरिन्छ ।’
अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री वातावरण, सुविधा सम्पन्न यातायातको व्यवस्था, आधुनिक ल्याब तथा लाइब्रेरी विद्यालयका थप विशेषता हुन् । यी विविध कारणले पनि अब्बलता हासिल गर्न सफल भएको ज्ञान ज्योतिका संस्थापक अध्यक्ष टिकाबहादुर जिसीले बताए । उनले भने– ‘अतिरिक्त क्रियाकलापमा पनि कलेजको उत्तिकै प्रभाव छ । कलेजले नगर, जिल्लाका साथै विभिन्न क्षेत्रस्तरीय खेलकुुद प्रतियोगितामा उत्कृट स्थान हासिल गरिरहेको र अहिले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।’
ज्ञान ज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षामन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । यो मावि गुणस्तरीय र आत्मनिर्भर शिक्षा प्रदान गर्ने तथा पढ्ने इच्छा तथा क्षमता भएका कुनै पनि विद्यार्थी आर्थिक अभावको कारणले पढाइबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्यसहित २०६५ सालमा स्थापना भएको विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले बताए ।
‘हामी हाम्रो प्रमुख उद्देश्य व्यवहारिक रुपमा अवलम्बन गरिरहेका छौँ’  प्रिन्सिपल सुरेन्द्र जिसीले बताए ।
यस विद्यालयले हालसम्म थुप्रै दलित, जनजाति, विपन्नवर्ग जेहन्दार तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको र विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै आएको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताए ।
No description available.
 विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो । मावि १ वर्ष पछि देशै उत्कृष्ट १० औ मावि. मा छनोट भएकोछ । विभिन्न संघ संस्थाबाट पनि विभिन्न समयमा सम्मानित हुँदै आएको छ । यो सिङ्गो ज्ञानज्योति परिवारको लागि गर्वको कुरा हो । ज्ञान ज्योतिको यो सफतामा योगदान दिनुहुने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु, विद्यार्थी, अभिभावकहरु, कर्मचारीहरु र सम्पुर्ण शुभचिन्तकहरु प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दछ  ।  कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८० लाई उत्साहपूर्ण बनाउने तथा स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको छ ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्