आज एसईई नतिजा सार्वजनिक हुँदै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आज एसईई नतिजा सार्वजनिक हुँदै

    मा प्रकाशित

दाङ, २१ असार ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम अवस्थामा पुगेको बोर्डले जनाएको छ । आज साँझसम्म नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको हो ।

उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेकोबोर्डले जानकारी दिएको छ । कुनै प्राविधिक समस्या नआए आज साँझ नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । यद्यपि प्राविधक समस्या आएमा बोर्डले भोलि नतिजा सार्वजनिक गर्ने बताएको छ ।

बोर्डले यसपालि २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

याे पनि पढ्नुहाेस् :

एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार, यसरी हेर्न सकिने छ नतिजा

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्