आजदेखि बजारमा ५० रुपैयाँको नयाँ नोट – Kanika Khabar
Friday, March 13Nepali News Portal

आजदेखि बजारमा ५० रुपैयाँको नयाँ नोट

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
नेपाल राष्ट्र बैँकले आजदेखि नयाँ नोट चलनचल्तीमा ल्याएको छ । ५० रुपैयाँको नयाँ नोट आजदेखि बजारमा आएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
केन्द्रीय बैँकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रङ्गमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैँकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैँक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्