चलचित्र नम्बरी सुनको च्यारेटी साे तथा साक्षात्कार कार्यक्रम सम्पन्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

चलचित्र नम्बरी सुनको च्यारेटी साे तथा साक्षात्कार कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ, ३० असार ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरी, निर्माता नारायण खाती,  कलाकारहरु कंगना गिरी, काजल गिरी संग घोराहीमा साक्षात्कार कार्यक्रमकाे आयोजना गरेको छ ।

 

कार्यक्रममा बोल्दै चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरीले आफूले विगतमा पनि समाजमा सकारात्मक सन्देश दिने सचेतनामूलक चलचित्रहरु निर्देशन गर्दै आएको र साेही विषय बस्तुलाई समेटिएर समाजमा विद्यमान जातीय भेदभावको कथावस्तुलाई चलचित्रमा समेटिएको बताए।

यो चलचित्र पनि पारिवारिक प्रेम कथामा आधारित रहेकाे छ । कामका आधारमा निर्धारण गरिएको जातीय व्यवस्थाले मान्छे मान्छे बीचमा विभेदको अवस्था सिर्जना गरेको र त्यही विभेदले विभिन्न खाले घटनाहरु निम्त्याएको बताउँदै, नम्बरी सुनमा पनि जातीय विभेदको गलत चिन्तन व्याप्त हुदा अन्तरजातीय प्रेम तथा विवाह सम्बन्ध, र ती जोडीको परिवार तथा समुदायमा भइरहेका अप्रिय घटनाहरुको बारेमा देखाउन खोजेका छौं ।

गौरव पहाडी, नम्रता सापकोटा, राजाराम पौडेल, बुद्धि तामाङ, विनोद न्यौपाने, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आगामी भदौ १ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने बताए ।

 

चलचित्र प्रदर्शन हुने दिन नजिकिदै गर्दा नेपाल सुनचाँदी व्यावसायिक संघ दाङकाे आयोजना घोराहीमा च्यारेटी शाेकाे आयोजना गरिएको थियाे । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार नारायण खातीले सुनकाे बिषयबस्तुलाई सामाजसग जाेडेर चलचित्रका माध्यमबाट देखाउन खाेजेकाे बताए, कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके शीतललगायतले बोलेका थिए। संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्