कोरोना सङ्क्रमित संख्या १ करोड १५ लाख ५५ हजार नाध्यो, भारत तेस्रो स्थानमा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोना सङ्क्रमित संख्या १ करोड १५ लाख ५५ हजार नाध्यो, भारत तेस्रो स्थानमा

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
विश्वमा सबैभन्दा धेरै केरोना सङ्क्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ । रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा सङ्क्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।
अमेरिका र ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या भारतमा भन्दा बढी छ । अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित रहेको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।
आजसम्म विश्वमा १ करोड १५ लाख ५५ हजार ४ सय १४ जनाका कोरोना सङ्क्रण देखिएको छ । आज बिहानसम्म ५ लाख ३६ हजार ७ सय २० जनाको मृत्यु भएको छ । ६५ लाख ३४ हजारलाई निको भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्