मिनाको मायामा सन्तोष मालामाल, गोप्य माया भयो सार्वजनिक (भिडियोसहित) – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

मिनाको मायामा सन्तोष मालामाल, गोप्य माया भयो सार्वजनिक (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।


सङ्गीतकार सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सैयौं गीतहरुमा सङ्गीत भरेर लोकप्रियता हाँसिल गरेका श्रेष्ठद्वारा स्वरवद्ध ‘मायामा मालामाल’ गीतको भिडियो सार्वजनिक भएको हो ।
सेन्टिमेन्टल, रोमान्टिक तथा राष्ट्रिय भावका गीतहरु गर्दै आएका सन्तोष यसपटक रोमान्टिक मुडमा नेपाली सङ्गीत बजारमा आएका छन् । लोक गीतको क्षेत्रबाट नेपाली सङ्गीतमा उदाएका सन्तोषले आफूलाई सुगम सङ्गीतमा प्रवेश गराउनै लाग्दा साङ्गीतिक उचाइँमा पुगेका थिए । त्यसपछि निरन्तर रुपमा सुगम सङ्गीतको मार्केटमा आफ्नो अस्तित्व राख्दै आएका सन्तोषले पछिल्लो चरणमा विभिन्न विधाका गीत सङ्गीतमा आफ्नो अब्बलता कायम राख्दै आएका छन् ।

यसैक्रममा गायिका मिना कार्कीसँगको दोयटमा सन्तोष नेपाली सङ्गीतमा देखिएका छन् । उनी भन्छन्, ‘कोभिड १९ ले सबैलाई निराश बनाइरहेका बेला रोमान्टिक गीतका माध्यमबाट निराश न्यूनीकरण गर्ने साङ्गीतिक अभियान पनि हो, यो । त्यसकारण पनि हामी यतिबेला रोमान्टिक गीत लिएर आएका हौँ ।’

कोहिका माया फेवा रारा कोहिका रुपाताल
म त तिम्रै मायामा परेँ मालामाल
मुटुभित्र बढिसक्यो पिरतीको छाल
म त तिम्रै मायामा परेँ मालामाल
गीतका स्थायीमै मायाप्रेमका डा. नवि अधिकारी टाकिन्द्रको शब्द रोमान्टिक शब्दमा सन्तोषको कलात्मक सङ्गीतको लयमा सन्तोष र मिनाको जादुमय स्वरले मिठास भरेको छ ।

मिनाको बैंसमा लठ्ठिदै सन्तोष भन्छन् :

गागरीको चोखो पानी घाँघरीको चाल
आधी उमेर लरिबरी आधी ख्यालैख्याल

सन्तोषको प्रेमिल भावलाई ‘ग्रिन सिग्नल’ बाल्दै मिनाले थप्छिन् :

काँकरीलाई थाकरी त माकुरीलाई जाल
बैना लिनु जाली रुमाल ऐना आँखी चाल

ग्रामीण परिवेशमा देखिने मायाको झझल्को दिलाउँदै गोठाला गएको मिथकमा मिनाले सन्तोषकको माया स्वीकार्दै भन्छिन् :

बाखरीले खायो बरी काँकरीको झाल
लुकिछिपी लाुको माया मै मोरिलाई गाल

मिनाको प्रेम स्वीकारोक्तिमा प्रफुल्ल हुँदै सतिसाल नुगेको महसुस गर्दै सन्तोष यसैसाल पिरतीमा बाँधिन तयार रहेको आभास दिलायँदै सन्तोष भन्छन् :
मालचरीले गुँडै लायो नुग्यो सतिसाल
लाउनी माया फालाफाल लगाउँ यसै साल
डा. नवि अधिकारी टाकिन्द्रको शब्द र सन्तोष श्रेष्ठकै सङ्गीत रहेको गीतमा श्रेष्ठलाई गायिका मीना कार्कीले साथ दिएकी छिन् । म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको गीत युट्यूबमा यतिबेला राम्रै रुचाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्