जेम्सले पायो उत्कृष्ट विद्यालय सम्मान, रोहित बने उत्कृष्ट विद्यार्थी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

जेम्सले पायो उत्कृष्ट विद्यालय सम्मान, रोहित बने उत्कृष्ट विद्यार्थी

    मा प्रकाशित

घोराही, ५ साउन ।
दाङको घोराही उपमहानगरपालिका १३ बडहरामा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कुल जेम्सले उत्कृष्ट विद्यालय सम्मान प्राप्त गरेको छ । बिहीबार घोराहीमा आयोजित एक कार्यक्रममा घोराही १३ मा सर्वोत्कृष्ट नतिजा ल्याएको उक्त विद्यालय र सर्वोतकृष्ट नतिजा ल्याउने सोही विद्यालयका रोहित सुनारलाई पुरस्कृत गरिएको हो ।

वडाध्यक्ष डुल्लुराम पोखरेल तथा नगर शिक्षा महाशाखा प्रमुख विनोद गौतमले संयुक्त रुपमा विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेललाई उक्त उत्कृष्ट विद्यालय सम्मान पत्र प्रदान गरेका थिए ।
त्यसैगरी वडाध्यक्ष पोखरेलले वडा नम्बर १३ मा उत्कृष्ट जिपिए ल्याउने जेम्सका विद्यार्थी रोहित सुनारलाई १० हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मानित गरेका छन् ।

वडा नम्बर १३ को कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष पोखरेलले समग्रमा यसपटकको एसईईमा वडाको नतिजा सोचे अनुकूल नआए पनि रोहित सुनार र गोदावरी स्कुलले ल्याएको नतिजाले खुसी बनाएको बताए । आफ्नो चुनावी प्रतिबद्धतामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने र निशुल्क पढाउने वाचा गरेका पोखरेलले पुरस्कृत गरेका विद्यार्थीलाई गोदावरी स्कुलले निशुल्क अध्यापन गराउने प्रतिबद्धता यस अघि नै गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्