गोरखामा शिक्षण सिकाइसम्बन्धी अभिमुखीकरण – Kanika Khabar
Saturday, May 18Nepali News Portal

गोरखामा शिक्षण सिकाइसम्बन्धी अभिमुखीकरण

    मा प्रकाशित

No description available.दाङ, २१ साउन ।
गोर्खा ग्रुप दाङद्वारा सञ्चालित विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । शनिबार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी गोर्खा ग्रुप अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई अभिमुखीकरण तालिम दिइएको हो ।

गोर्खा ग्रुपको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको सहजीकरणमा तालिमको व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा केयुका एसोसिएट प्रोफेसर डा. हेमराज काफ्लेले २१ औँ शताब्दीको शिक्षण तथा सिकाइ संस्कृतिको बारेमा अभिमुखीकरण गराएका थिए ।
अभिमुखीकरणका क्रममा डा. काफ्लेले भने, ‘हामीले २१ औँ शताब्दीमा शिक्षण सिकाइ गरिरहेका छन्, हाम्रा विद्यार्थी २२ औँ शताब्दीको सिकाइको अपेक्षा गरिरहेका छन् । तर, अब विश्व बजारले २४ औँ शताब्दीको उत्पादन खोजिरहेको छ । अबको शिक्षण सिकाइमा २४ औँ शताब्दीका चुनौति सम्मुख रहेका छन् ।’

अबको ज्ञानकेन्द्र विद्यालय र शिक्षकमा मात्र सीमित नहुन हुने डा. काफ्लेको भनाइ थियो । ‘अबको ज्ञानकेन्द्र विद्यालय र शिक्षक मात्र नभई समय, परिवेश र युग सुहाउँदो हुनुपर्छ । शिक्षक हजुरबुबा र हजुरआमाको भूमिकामा रहन सक्नुपर्छ । जसले विद्यार्थीलाई प्रेममय निर्देशन दिन सहज हुनेछ ।’ उनले बताए ।

No description available.

अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रबिना महर्जनले शिक्षण सिकाइ प्रक्रिया र पाठ्यक्रमका विषयमा बताएकी थिइन् । महर्जनले बालबालिकालाई कठिन विषय पनि कसरी सहज शैलीमा सिकाउन सकिन्छ भन्नेतर्फ शिक्षक चनाखो हुनुपर्ने बताईन् । उनले भनिन्, ‘शिक्षण सिकाइमा को, कसरी, किन र को बन्दै छु भन्ने जस्ता प्रश्नलाई केन्द्र बनाएर सिकाइ प्रक्रिया अगाडि बताउनुपर्छ । विद्यार्थीले के प्रश्नबाट कन्सेप्ट, कसरीबाट रिफ्लेक्टिङ, किनबाट क्रिटिकल र को या कस्तो बन्ने प्रश्नबाट भिजनरी ज्ञान प्राप्त गर्न सक्छन् । यसैलाई सिकाइको केन्द्र बनाउन उचित मानिन्छ ।’

त्यस्तै प्रशिक्षक पार्वती ढुङ्गानाले स्कुल कल्चर : रिफ्लेक्सन फर ट्रान्सफरमेटिभ लिडरसिप विषयमा अभिमुखीकरण गराएकी थिइन् । संस्थाका भिजन, मिसन र लक्ष्य नै विद्यालय संस्कृतिका आयाम रहेको ढुङ्गानाले बताइन् । ‘पाठ्यक्रमले मागेका विषयमा सिकाइ गर्दै समयको माग अनुसारको जनशक्ति उत्पादन गर्नु अहिले प्रमुख चुनौति हो । यतिले मात्र पनि शैक्षिक सिकाइको कर्तव्य पूरा हुँदैन । शिक्षक लिडर भएका कारण हरेक क्षेत्रका लिडर उत्पादन गर्नु उसको कर्तव्य रहन्छ । हामी कस्तो लिडर बन्ने र कस्ता लिडर उत्पादन गर्ने भन्नु नै अबको सिकाइले अर्थ राख्छ ।’ उनले भनिन् ।

गोर्खा ग्रुप अन्तर्गत दाङको घोराहीमा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, तुलसीपुरमा गोरखा मावि तुलसीपुर, लमहीमा गोरखा मोडेल सेकेन्डरी स्कुल र भालुबाङमा गोरखा आइडियल स्कुल गरी मावि तहका चारवटा विद्यालय सञ्चालनमा रहेको छन् ।

कार्यक्रममा चारवटा विद्यालयका २ सय ७५ जना शिक्षक सहभागी रहेका थिए । कार्यक्रमको सहजीकरण ग्रुपका सिइओ नवलसिं जिएमले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्