नेकपामा दुई अध्यक्षको नयाँ रणनीति, अस्थायी ‘युद्धविराम’ नेपाल पक्षको शङ्का – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपामा दुई अध्यक्षको नयाँ रणनीति, अस्थायी ‘युद्धविराम’ नेपाल पक्षको शङ्का

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा छलफलको नयाँ रणनीति अपनाउँदै अस्थायी ‘युद्धविराम’ गरिएको छ । दुई अध्यक्षले एकल छलफल गर्ने र आवश्यक परे मात्रै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई सहभागी गराउने सहमति भएको छ ।

हिजो सोमबारबाट नै एकल सम्वादको पहल सुरु भएको छ । आज पनि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकल छलफल गर्नु हुनेछ । छलफलमा समस्या समाधानका लागि निकास निकाल्न असहज भएपछि सहयोगीलाई समेत बाहिर राखेर एक्लाएक्लै आमनेसामने बस्ने सहमति दुवै अध्यक्षबीच भएको हो । यसअघिका आपसी छलफलमा दुवै पक्षका अन्य सहयोगी नेताहरू सहभागी हुँदै आएका थिए ।

दुवै पक्षले अस्थायी युद्धविराम गर्दै वार्ताको बाटो रोजेपछि पार्टी स्थायी कमिटि बैठक फेरि भोलि बुधवारसम्मको निम्ति सारिएको छ । दुई अध्यक्षको नयाँ रणनीतिक छलफलमा नेता माधवकुमार नेपाल पक्षले भने शङ्का व्यक्त गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्