आज ऋषिपञ्चमी पर्व मनाइदै – Kanika Khabar
Sunday, May 5Nepali News Portal

आज ऋषिपञ्चमी पर्व मनाइदै

    मा प्रकाशित

दाङ, २ असोज ।
आज ऋषि पञ्चमी पर्व मनाइदै छ । यो पर्व नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको छ ।

आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्