सडकमा रात बिताउने ओली र चौधरीको उद्धार – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सडकमा रात बिताउने ओली र चौधरीको उद्धार

    मा प्रकाशित

निरला अर्याल

तुलसीपुर,७असोज ।

तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने २ जना सडक आश्रितलाई उद्धार गरिएको छ । मानव सेवा आश्रमकाे अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो ।

दिउँसोको समयमा खोज्न गाह्राे हुनाले राती सुतेको अवस्थामा उदार गर्न सजिलो हुने भएकोले रातीको ९ बजे पछि सडक पेटी चाहरदै सडक आश्रित हरुको उद्वारमा हिँडेको मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनुभयो । शनिबार आज सल्यान कपुरकोट घर बताउने अन्दाजी ७०/७५ वर्षका लालबहादुर ओलीलाई तुलसीपुरको बसपार्क क्षेत्रबाट उदार गरिएको हो ।

दश छोरी र ५ जना छोरा बताउने ओली मानसिक रूपमा असन्तुलन भएको देखिन्छ । काई परेका खुट्टा, वर्षौसम्म ननुहाएको शरीरले सडकको झल्को दिइरहेको थियो । लगाउन नदिएपछि गल्ली र चोकहरुमा माग्दै खाँदै हिँडेको हो ओलीले भन्नुभयो । यस्तै तुलसीपुर ६ बरुवागाऊ घर बताउने ३२ वर्षीय मोहन चौधरीलाई घोराही रोडबाट सडक पेटीमा सुतिरहेको अवस्थामा उद्वार गरिएको हो ।

चौधरीले आमाको मृत्यु पश्चात सडकमा रात बिताउँदै आयको जानकारी दिनुभयो । पश्चिम दाङ घर बताउने सोही ठाउँमा आश्रम लिएका सुदन रेग्मीले आफ्नो अर्धागिनिको को मृत्यु पश्चात आफू भौतारिएर हिँडेको बताएका छन् । प्लास्टिकको झोलामा पुराना देखिने कपडा एक दुई जोर, आँखामा राख्ने औषधिलगायत केही सामान साथमा राखेर सुतेका थिए भने सुत्नको लागि बोकेको लत्ता कपडा पनि छ । खान बस्न पाइन्छ भनेपछि खुसी हुँदै मानव सेवा आश्रममा जान राजी समेत भएका थिए । अबस्था बुझ्दा उनी धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ ।

अबस्था बुझ्दा उनी धेरै महिनाबाट सडकमा बसेको बुझिएको छ । मानव सेवा आश्रमले जुनसुकै समयमा सडक पेटीमा रात बिताउने हरुको उदार गरेपनि शनिबार भने विशेष उदार अभियान सञ्चालन हुने गरेको आश्रमका संयोजक हिरु जोशीले बताउनुभयो । देशका १९ ओटै शाखा हरुबाट शनिबार विशेष उदार अभियान एकै समयमा हुने गरेको समेत जानकारी दिनुभयो ।

विविध कारणले खुल्ला आकशमुनि रात बिताउनेहरुको लागि उदार गर्न जुनसुकै समयमा जानकारी गराउन जोशीले अपील गर्नु भएको छ । अहिले आश्रममा ६५ जना रहेका छन् । मुठी मुठ्ठीको सहयोगले धेरै पुण्य काम भएको हुनाले सहयोगी हातले साथ दिन प्रमुख जोशीले सम्पूर्णमा आग्रह गर्नु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्