गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री सुरु – Kanika Khabar
Monday, February 16Nepali News Portal

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री सुरु

    मा प्रकाशित

काठमाडौं, ७ असाेज ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज आइतवारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री/वितरण सुरु गरेको छ ।

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री/वितरण सुरु गरेको हाे  ।

टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गरेका हुन् ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण भएको छ ।

दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ । नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेसनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम सुरु गरेको हाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्