लमहीमा बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लमहीमा बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते

    मा प्रकाशित

दाङ,असोज ९ ।

पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

दुर्घटनामा परी २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। बसका ४५ जना यात्रु सवार थिए। घाइतेहरुकाे उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेकाे छ।

गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ। दुर्घटनाकाे कारण भने अझै खुलिसकेकाे छैन।

लमही अस्पताल लमही,दाङमा उपचारको लागि पठाईएको
१. जि.सुर्खेत बिरेन्द्रनगर न.पा.२ बस्ने वर्ष ६८ की गंगा देवी पुलामीको टाउको र ढाडमा चोट, सिरियस ऐ.०८:३० बजे थप उपचारको लागि मेडिकल कलेज कोहलपुर
२. निजको छोरा बर्ष ४० को खगेन्द्र पुलामीको नाकमा चोट, सामान्य । ऐ.०८:३० बजे थप उपचारको लागी मेडिकल कलेज कोहलपुर
३. ऐ.४ बस्ने बर्ष १९ को पवन खत्रीको वाँया हातमा चोट, सामान्य ।
४. ऐ.१४ बस्ने बर्ष ३० को सुनाईल थापाको मुख,छाती र दाहिने हातमा चोट, सामान्य ।
५. गाडी साहु ऐ.ऐ.बस्ने बर्ष ३६ को जितेन्द्र भट्टराईको दाहिने हातमा चोट, मध्यम ।
६. जि.बर्दिया गुलरीया न.पा.६ बस्ने बर्ष ३७ की तिलक सुनारको दाहिने हात र घाटीमा चोट, सामान्य ।

सैनिक अस्पताल राझाँ बाकेँ उपचारको लागि पठाईएको:-
१.जि.सुर्खेत भेरी गंगा न.पा.७ बर्ष ३८ को रखबिर बस्यालको निधारमा चोट, सामान्य ।(नेपाली सेना )
२.जि.सुर्खेत लेकबेसी गा.पा.-७ बस्ने बर्ष २३ को शेर ब.रावतको टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )
३. जि.दैलेख गुरासे गा.पा.७ बस्ने बर्ष २३ को प्रदिप बि.सी.को टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )
४. जि.दैलेख डुल्लु न.प.११ बस्ने बर्ष ३९ को गणेश ब.शाहीको टाउकोमा चोट, सामान्य ।(नेपाली सेना )
५. जि.दैलेख डुल्लु न.पा.११ बस्ने बर्ष २२ को छबि लाल बि.क.को छातीमा चोट, सामान्य ।(नेपाली सेना )

मेडिकल कलेज कोहलपुर बाकैँमा उपचाराको लागि पठाईएको
१. जि.सुर्खेत बिरेन्द्रनगर न.पा.१० बस्ने बर्ष २४ की उम कुमारी हमालको छातीमा चोट, सामान्य
२. ऐ.२ बस्ने बर्ष २४ को भुपेन्द्र शाहीको छातीमा चोट, सामान्य ।
३. ऐ.५ बस्ने बर्ष ५४ को जगत जंग रानाको टाउकोमा चोट, सामान्य
४. ऐ.१२ बस्ने बर्ष ५२ को मक्क ब.बुढाको घाटीमा चोट, सामान्य ।
५.जि.दैलेख भैरवी गा.पा.५ बस्ने बर्ष ५० को बिसाखर रिजालको हात र खुट्टामा चोट, मध्यम ।
६.ऐ.३ बस्ने बर्ष २५ को कृष्णा आचार्यको खुट्टामा चोट, सामान्य ।
७.जि.दैलेख डुल्लु न.पा.५ बस्ने बर्ष ५१ को ऋषि प्रसाद उपाध्यायको कुममा चोट, सामान्य ।
८.ऐ.१० बस्ने बर्ष ६८ को तेजेन्द्रनाथ योगीको निधारमा चोट, सामान्य ।
९. जि.दैलेख नारायणी न.पा.१० बस्ने बर्ष २८ को रबिन्द्र हमालको निधारमा चोट, सामान्य ।
१०.जि.कालीकोट तिला गा.पा.९ बस्ने बर्ष ३२ को जिबन बि.क.को अनुहारमा चोट, सामान्य ।
११.जि.कञ्चनपुर भिमदत्त न.पा.४ बस्ने बर्ष ७ की सिमिया बोहोराको टाउकोमा चोट , सामान्य

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्