लुम्बिनी प्रदेश अर्थमन्त्रालयद्वारा राउटेलाई दशैं खर्च प्रदान – Kanika Khabar
Saturday, May 18Nepali News Portal

लुम्बिनी प्रदेश अर्थमन्त्रालयद्वारा राउटेलाई दशैं खर्च प्रदान

    मा प्रकाशित

दाङ,९ असोज ।

लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराईएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।

उनीहरु प्रत्येक वर्ष तिज, दशै तथा तिहारमा सरकारसँग माग गर्ने गरेका छन् । केही दिनदेखि उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस अवसरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्