१९औँ एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित – Kanika Khabar
Saturday, April 27Nepali News Portal

१९औँ एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

    मा प्रकाशित

काठमाडौँ, १० असोज ।

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई हराएको छ ।

समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा आज बिहान भएको खेलमा मंगोलियालाई २ सय ७३ रनले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया निर्धारित २० ओभरमा ४१ रन बनाउँदै अलआउट भयो ।

नेपालका करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

यो कुनै पनि राष्ट्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ ।

यसअघि अफगानिस्तानले ३ विकेटमा बनाएको २७८ रन नै पहिलो कीर्तिमान रहेको थियो । अफगानिस्तानको रेकर्डलाई नेपालले तोडेको हो ।

यस्तै, नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै रेकर्ड बनाएका छन् । उनले मंगोलियाविरुद्ध ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको शतकीय इनिङ्स खेले । रोहित पौडेलले ६१ र दिपेन्द्र सिंह ऐरीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।

मंगोलियाका इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले एक–एक विकेट लिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्