आक्रमणकाे निसानामा चिकित्सक, सुरक्षाकाे जिम्मेवार सरकारले लिने स्वास्थ्यमन्त्रीकाे आश्वासन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आक्रमणकाे निसानामा चिकित्सक, सुरक्षाकाे जिम्मेवार सरकारले लिने स्वास्थ्यमन्त्रीकाे आश्वासन

    मा प्रकाशित

चितवन, १० असाेज ।

पछिल्लो चरणमा चिकित्सकमाथि हातपातकाे क्रम बाक्लिन थालेकाे छ । चिकित्सकमाथि हातपात भएका एकपछि अर्काे घटना घटिरहेका छन् । यही विषयलाई लिएर चिकित्सकहरूले विराेधका कार्यक्रम पनि गर्दै आएका छन् ।

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।
आज बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताएका छन्।

गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू ६ महिनाभित्र सञ्चालनमा ल्याइने समेत बताए । यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्