उद्यमी संघले विश्वास जितेको हो त भन्ने भन्दा पनि निर्वाचन परिणामले विश्वास दिलाएको कुरा छर्लङ्ग छ : केसी – Kanika Khabar
Monday, April 29Nepali News Portal

उद्यमी संघले विश्वास जितेको हो त भन्ने भन्दा पनि निर्वाचन परिणामले विश्वास दिलाएको कुरा छर्लङ्ग छ : केसी

    मा प्रकाशित

दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन केही दिन अघि सम्पन्न भएर संघले बसन्त जोशीलाई नयाँ नेतृत्वको रुपमा पाइसकेको छ । जोशीले संयुक्त व्यवसायी प्यानलबाट नेतृत्व गरेका थिए । व्यवसायीहरुको निर्वाचनका कारण पनि नेपाली काङ्ग्रेस निकट व्यवसायीहरुको छाता सङ्गठन प्रजातान्त्रिक उद्यमी संघले चुनावी रणनीतिदेखि व्यवस्थापनसम्मको अभिभारा बोकेको थियो । संयुक्त व्यवसायी प्यानलकाका उम्मेदवारलाई विजयी बनाउने चुनौतिका साथ चुनावी मैदानमा उत्रिएको संघले ठुलै सफलता प्राप्त गरेको छ । प्रस्तुत छ, यही विषयमा केन्द्रित रहेर कनिका खबरले संघका अध्यक्ष कालीबहादुर खत्री (मानु) सँग गरेको कुराकानीको सार सङ्क्षेप । (सम्पादक)

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचण सम्पन्न भएर परिणामसमेत सार्वजनिक भइसकेको छ । निर्वाचनको परिणामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यही असोज १३ गते शनिबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न भएको हो । अधिवेशननका क्रममा भएको निर्वाचनको परिणामले सफलताको महसुस गराएको छ । प्रजातान्त्रिक उद्यमी संघ नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था हो । अझ विशेष गरी काङ्ग्रेस निकट उद्यमी, व्यवसायीहरुको अभिभावक संस्था हो । काङ्ग्रेस निकटका साथै गठबन्धनमा सहभागी भएका राजनीतिक दलका व्यवसायी उम्मेदवारलाई विजयी बनाउने अभिभारा प्रजातान्त्रिक उद्यमी संघलाई थियो । एक उद्योग उपाध्यक्षबाहेक सबै उम्मेदवारलाई विजयी बनाउन सफल भएका छौँ, उद्योग वाणिज्य संघमा सम्भवतः यो सबैभन्दा ठुलो उपलब्धि पनि हो ।

संयुक्त गठबन्धनको प्यानल नै विजयी हुँदा एक उद्योग उपाध्यक्षले हार व्यहोर्नु परेको तितो यर्थाथ पनि तपाईंहरुसँग छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?

हो, संयुक्त गठबन्धन प्यालका सबै उम्मेदवार विजयी हुँदै गर्दा एक उद्योग उपाध्यक्षले हार व्यहोर्नु परेको तितो सत्य हामीसँग रहेको छ । यसलाई हामीले प्राविधिक त्रुटिका रुपमा विश्लेषण गरेका छौँ । सायद यहाँनेर हामी प्राविधिक अभ्यासमा चुक्यौँ, भगीरथ प्रयत्न गर्दै गर्दा पनि एक उम्मेदवारमा हामी सफल हुन सकेका छैनौँ । यसले आगामी दिनका लागि पनि सचेत बनाएको छ ।

संघको निर्वाचनको सङ्घारमा आउँदा मिश्रित परिणाम आउने आँकलनले बाक्लो रुप लिएको थियो तर आँकलन गरेबमोजिमको परिणाम आएन, यो कसरी सम्भव भयो ?

तपाईंले भनेजस्तै निर्वाचनको परिणाम मिश्रित आउने आँकलन गरिएको थियो । सुरुवातमा त हामीलाई पनि बजारमा आँकलन भएजस्तै त हुने होइन भन्ने आशङ्का लागेको थियो । त्यही आशङ्कालाई मेटाउन हामीले घनिभूत प्रयास ग¥यौँ । जसले सफलता दिलायो । हामी प्रजातान्त्रिक उद्यमी संघका पदाधिकारी तथा कार्यसमितिको सिङ्गो टिम वर्क र प्रयासले पनि परिणाम ल्याउन धेरै सहज तुल्यायो । एक्लै केही सम्भव हुँदैन संघको क्रियाशील तथा सक्रिय टिमले अहिलेको परिणाम ल्याउन निकै मेहनत गरेको छ । व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्था प्रजातान्त्रिक उद्यमी संघले व्यवसायीसँगको सन्तुलित रणनीतिक सम्बन्ध पनि सफलताको अर्को कारक हो । पार्टी पङ्क्तिबाट भएको सहयोग पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ । पार्टीका जिल्ला, क्षेत्र, प्रदेश, नगर तथा पालिका तहका पार्टीका नेतागणहरुले निभाएको भूमिकाले पनि यो परिणाम ल्याउन निकै सघाउ पु¥याएको हो । विगतका विभिन्न निर्वाचनमा पार्टीभित्र देखिने गुटउपगुटको न्युट्रल रोलले पनि सफलता दिलायो । पार्टी एक ढिक्का भए हरेक निर्वाचनमा सफलता पाइन्छ भन्ने दृष्टान्त पनि हो यो निर्वाचन । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुँदै गरेका टंकसिंह बुढाथोकीको त्याग र बलियो समर्थनका साथै चुनावी रणनीति, प्रजातान्त्रिक उद्यमी संघका सल्लाहकारहरुको साथ, सल्लाह तथा रणनीतिले आज यो सफलता पाएका छौँ । साथै संयुक्त व्यवसायी प्यानलका आवद्ध दलहरुको साथ सहयोगले पनि आज सफलता मिलेको हो । यसका लागि प्रजातान्त्रिक उद्यमी संघ सबैप्रति आभार प्रकट गर्न चाहन्छ ।

यो निर्वाचन परिणामसँगै प्रजातान्त्रिक उद्यमी संघले विश्वास जितेको हो त ?

यस्तो हो, संघलाई कति विश्वास गर्ने या नगर्ने त्यो पात्रहरुको भूमिका हो । कसैको धेरै विश्वास होला, कसैको थोरै विश्वास होला यसको मापण गर्न त सकिदैन । सबैभन्दा ठुलो विश्वास त निर्वाचन परिणाम हो । ९५ प्रतिशत संयुक्त व्यवसायीका उम्मेदवारहरुले निर्वाचन जित्नु भएको छ । यो चानचुने कुरा होइन, संवयम् उद्यमी संघका लागि पनि आउँदा दिनमा चुनौति हुन सक्छ यो परिणाम । उद्यमी संघले लिएको जिम्मेवारीलाई पूरा गरेको छ । यसमा हामीले मात्रै गरेका हौँ भन्ने हाम्रो भनाई होइन, मैले अघि पनि उल्लेख गरिसकेको छु । उहाँहरु सबैको साथले यो सफलता दिलाएको हो । उद्यमी संघले विश्वास जितेको हो त भन्ने भन्दा पनि निर्वाचन परिणामले विश्वास दिलाएको कुरा छर्लङ्ग छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशनलाई सफल बनाउनका साथै संयुक्त व्यवसायी प्यानलका उम्मेदवार लगायत सबैलाई विजयी गराउन तथा मतदान कार्यमा सहभागी हुने सम्पूण उद्योगी व्यवसायीहरु, मतदाताप्रति धन्यवाद ज्ञाजन गर्न चाहन्छु । साथै निर्वाचन प्रक्रियामा खट्ने निर्वाचन समिति, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारकर्मी, पार्टीका समस्त नेतृत्व तथा नेतागण, सल्लहकार, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्ण मित्रहरु लगायत सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्