हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग खोज्दै नेपाल – Kanika Khabar
Friday, November 13Nepali News Portal

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग खोज्दै नेपाल

    मा प्रकाशित

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा भएको भेटमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरिएको थियो ।

भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले त्यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी थिइन् ।

उनले गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमतालको जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति आभार व्यक्त गरेकी थिइन् ।

मन्त्री चौधरीले कोप–३१ का निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने र जलवायु अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्