काठमाडौं । ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।
कार्तिक २६ गते सिद्धिचरण नगरपालिका–३ निवासी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि मन्त्रालयको पहलमा हवाईमार्गबाट काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ ।
दुर्गम क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


