स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको उपाधि आशा कायमै – Kanika Khabar
Monday, November 17Nepali News Portal

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको उपाधि आशा कायमै

    मा प्रकाशित

कनिका डेस्क
असार २५, दाङ
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा उपाधि आशा कायमै राखेको छ । गएराति घरेलु मैदानमा स्प्यानियोललाई हराउँदै बार्सिलोनाले उपाधि सम्भावनालाई जिवितै राखेको हो । घरेलु मैदानमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथि दबाब समेत बढाएको छ । बार्सिलोनाको जितमा लुईस सुआरेजले खेलको ५६ औं मिनेटमा विजयी गोल गर्नुभएको थियो । सोही गोल बार्सिलोनालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । दुवै टिमले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए । बार्सिलोनाले ७६ अंक जोड्दै शीर्ष स्थानको रियलसंगको दुरी १ अंकमा झारेको छ । तालिकाको पुछारमा रहेको स्प्यानियोलको २४ अंक छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्