अमेरिकाले चीनमाथि अनुसन्धान थाल्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अमेरिकाले चीनमाथि अनुसन्धान थाल्यो

    मा प्रकाशित

बिबिसी बैशाख १६,

काठमाडौं ।

कोरोना भाइरस (कोभिड(१९)का सम्बन्धमा अमेरिकाले चीनमाथि अनुसन्धान सुरु गरेको छ। यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका हुन् । ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी प्रशासनले कोरोना भाइरसमाथि चीनको प्रतिक्रियालाई लिएर गम्भीर अनुसन्धान सुरु गरेको जनाएक हुन् । ‘हामी चीनसँग खुसी छैनौं। हामी सबै परिस्थितीसँग खुसी छैनौं। किनकी हामीलई यो विश्वास छ कि त्यस (कोरोना)लाई यहीँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भएको थियो,’ ट्रम्पले भनेका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसपछि यो विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ ।

कोरोना भाइरसले सबैभन्दा ठूलो प्रभाव अमेरिकामा पारेको छ। अमेरिकामा १० लाख १० हजार ५ सय ७ जनामा संक्रमण भइसकेको छ भने यो भाइरसकाकारण अमेरिकामा हालसम्म ५६ हजार ८ सय ३ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चीनले रोक्न नसक्दा विश्वभर फैलिएको समेत बताए। कोरोना भाइरसलाई लिएरु अमेरिकी राष्ट्रपति ट्रम्पले चीन माथि लगातार आरोपहरु लगाउँदै आएका छन् । ‘जे भइरहेको छ त्यसको लागि एक देशलाई दोषी देखाउँदा कसैले स्वीकार गर्दैनन्। यहाँ कसैले पनि कसैलाई जिम्मेवार ठहराएको छैन। हामी उनीहरुको समूहलाई हेरिरहेका छौं, जसले यो उत्पन्न भएको स्थानमै यसलाई रोक्न सक्थे,’ ट्रम्पले चीनतर्फ इशारा गर्दै भने, ‘उनीहरुले हामीलाई मात्र होइन, पूरा विश्वलाई बचाउन सक्थे ।’ पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमणको कारण अमेरिकी राष्ट्रपति निर्वाचन मिति सार्नेबारे आफूले नसोचेको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्