आगामी ३ दिन वर्षाको उच्च जोखिम, कहाँ कहाँ अपनाउने सतर्कता ?(तालिकासहित) – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आगामी ३ दिन वर्षाको उच्च जोखिम, कहाँ कहाँ अपनाउने सतर्कता ?(तालिकासहित)

    मा प्रकाशित

कनिका खबर
असार २६, दाङ ।
अविरल वर्षाका कारण अझैं तीन दिन उच्च जोखिममा रहेको छ । आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सतर्कता आसपास र केहीमा खतरा तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
आज प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुङगा, प्रदेश २ को सबै जिल्लाहरु, बागमती प्रदेश को दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडाँै उपत्यका, गण्डकी प्रदेशको नवलपरासी, लम्जुङ, तनहूँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ र आसपास जिल्ला तथा प्रदेश ५ को तराईको जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । साथै भारतीय सीमा आसपास भारी वर्षाको पुर्वानुमान रहेकाले डुवान भईरहने होचा स्थान र नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी रहेको छ ।
भोलि शनिबार र पर्सि प्रदेश १, २ बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी , चुरे र तराईबाट बहने ससाना नदीतटीय क्षेत्रमा आकस्मिक बहावको उच्च सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

पुर्वानुमान बुलेटिन

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्