कविता प्रतियोगितामा प्रथम भएका गोरखा घोराहीका छात्र देवकोटालाई ‘नेगो बुलेटिन २०८०’ – Kanika Khabar
Monday, February 16Nepali News Portal

कविता प्रतियोगितामा प्रथम भएका गोरखा घोराहीका छात्र देवकोटालाई ‘नेगो बुलेटिन २०८०’

    मा प्रकाशित

May be an image of 3 people

दाङ, १३ मङ्सिर ।
नेपाल निजामति कर्मचारी संगठन दाङले कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई ‘नेगो बुलेटिन’ हस्तान्तरण गरेको छ । सहिद दिवसको अवसरमा आयोजित खुला कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई बुटेलिन हस्तान्तरण गरेको जिल्ला अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

‘सहिद दिवसको अवसरमा आयोजित कविता प्रतियोगिताका विजयी कवितालाई संगठनको बुलेटिनमा प्रकाशन गरेका थियौं । आजदेखि विजयी विद्यार्थीलाई बुलेटिन हस्तान्तरण सुरु गरेका छौं’, अध्यक्ष केसीले भन्नुभयो, ‘आज गोरखा स्कुलका विद्यार्थीलाई बुलेटिन हस्तान्तरण गरेका छौं, भोलिदेखि अन्य विद्यालयमा पनि बुलेटिन हस्तान्तरण गर्नेछौं ।’

आज बुधबार दाङको गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङमा पुगेर संगठनले प्रतियिोगितामा प्रथम भएका छात्र आयुश देवकोटालाई बुलेटिन हस्तान्तरण गरेको हो । संगठनले सहिद मनो, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा गत साउन १३ गते कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्