तुलसीपुरमा गुरुकुल एकेडेमीको शाखा बिस्तार – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

तुलसीपुरमा गुरुकुल एकेडेमीको शाखा बिस्तार

    मा प्रकाशित

तुलसीपुर,मंसिर २१ ।
दाङको गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ वर्षदेखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखि तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ । एकेडेमीले बिहिबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो ।

गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सन्चालन गर्ने लागिएको संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।

शिक्षा,सस्कार र संस्कृतिको त्रिवेणी,गुरुकुल एकेडेमी भन्ने नारासहित २०७२ सालमा दाङको स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलतापछि अव तुलसीपुर र लमहीमा सेवा बिस्तार गर्न लागेको उनले जानकारी दिए। घिमिरेले पछिल्लो समय बालबालिकाहरुमा पाठ्यपुस्तक संगै जीवनाेपयोगी, अतिरिक्त तथा प्रविधिमैत्री शिक्षा पनि अति आवश्यक भएको हुदा यसलाई मध्येनजर गर्दै गुरुकुल एकाडेमी अगाडि बढेको बताए।

कार्यक्रममा गुरुकुल एकाडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले दाङमा सरकारी तथा निजीस्तरका धेरै विद्यालयहरु भए तापनि गुरुकुलले प्रदान गर्ने शिक्षा संस्कार बेग्लै प्रकारको भएको बताए ।
यसकारण पनि अविभावकहरु यसतर्फ आकर्षित भएकोमा जोड दिए । डिसीले उनले गुरुकुलले शिक्षामा नयाँ ईट्टा थप्ने काम गरेको समेत बताए।

कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका नवनियुक्त प्रिन्सिपल मुकुन्द गिरीले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन तुलसीपुरबाट सेवा बिस्तार सुरु गरेको बताए । विद्यालयमा जीवनाेपयोगी सीपहरुलाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराइने उनले बताए।

प्रबिधिमैत्री कक्षा कोठा ,शान्त र सुरक्षित वातावरण हुने भएकाले एकेडेमीले अरुभन्दा फरक ब्यबस्थापनमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए।

पुराना संस्कार संस्कृतिको संरक्षण सम्मुनत मानव निर्माण गुरुकुलको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
उनका अनुसार आगामी शैक्षिकसत्रदेखि पठनपाठन सुरु हुनेछ भने यही माघ ११ गते सरस्वती पूजाको दिनदेखि नया भर्ना अभियान खुला हुनेछ ।

शिक्षाविद् रामचन्द्र कँडेलले आउदो शैक्षिकसत्र देखि लमही क्षेत्रमा पनि विद्यालयले पठनपाठन सञ्चालन गर्ने योजना रहेको बताए ।

संस्थाका सिइओ जयन्त उपाध्याय भ्याली स्टार बोर्डिङ स्कुललाई मर्ज गरी गुरुकुल एकेडेमी तुलसीपुर स्थापना गरेको बताए ।
शिक्षाविद् विष्णुकुमार देवकोटाले सिपयुक्त जनशक्ति निमार्णमा गुरुकुलले विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ दाङ शाखा सह-सचिव दिप्तिशिखा चौधरीले गुरुकुलले नैतिक र व्यबहारिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन्।

गुरुकुल एकेडेमी तुलसीपुरका सञ्चालक समिति सदस्य अभियान बस्नेतको स्वागत सहजीकरण प्लस टु कोर्डिनेटर निमानन्द गैरेले गरेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्