प्याब्सन लमहीकाे साधारणसभा सम्पन्न – Kanika Khabar
Thursday, May 9Nepali News Portal

प्याब्सन लमहीकाे साधारणसभा सम्पन्न

    मा प्रकाशित

दाङ, २३ मङ्सिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर कमिटीकाे पाँचाै साधारणसभा सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे लमहीमा एक कार्यक्रमका बिच लमही नगर प्याब्सनकाे पाँचाै साधारणसभा सभा सम्पन्न भएकाे हाे ।

प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीकाे प्रमख आतिथ्यता तथा प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज विस्टकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्याब्सन दाङका उपाध्यक्ष राजु यादव, प्याब्सन राप्तीका अध्यक्ष शाेभाखर भुसाल, प्याब्सन दाङका सह सचिव विकास रजाैरे, प्याब्सन दाङका सदस्य पार्वता भुषाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्याब्सन लमहीका अध्यक्ष नारायण भुसालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा सचिव लाेकमान रिजालले साङ्गठनिक र काेषाध्यक्ष कान्ताप्रसाद चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्याब्सन लमही उपाध्यक्ष गाेविन्द खनालकाे शुभकामना मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव लाेकमान रिजालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्