गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम

    मा प्रकाशित

कनिका खबर
दाङ, असार २७ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम सर्वसहमतिले चयन भएका छन् ।
समितिको आज शनिबार सम्पन्न साधारणसभाले अध्यक्षमा गौतम सहित ११ सदस्यीय समिति आमसहमतिबाट चयन गरेको हो । नव गठित समितिको उपाध्याक्ष टंकेश्वर सुवेदी, सचिवमा निर्मल गौतम, सहसचिवमा शरदकुमार आचार्य र कोषाध्याक्षमा भूपता बिसी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा गोदावरी श्रेष्ठ,राधा पोख्रेल, सुष्मा शर्मा, विश्वम शाही, ढुण्डिराज पोख्रेल र देविराम घर्ती मगर चयन  भएका छन् ।
समितिका अध्यक्ष दामोदर खनालको सभापतित्वमा भएको साधारणसमामा दिपक रेग्मी, प्रदिप अर्याल, भगिरथ अधिकारी, शिशिर अधिकारी, हेमराज अधिकारी लगायतकाले बोलेका थिए । साधारणसभामा बोल्ने बक्ताहरुले समितिको ब्यवस्थानमा हाल सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप प्रभावकारी रुपमा अघी बढाउनुपर्नेमा जोड दिएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्