राप्ती इञ्जिनियरिङ क्लवका पदाधिकारीहरुबीच छलफल कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राप्ती इञ्जिनियरिङ क्लवका पदाधिकारीहरुबीच छलफल कार्यक्रम सम्पन्न

    मा प्रकाशित

२८ मंसिर घोराही ।

राप्ती इञ्जिनियरिङ कलेज घोराहीले कलेजमा गठन गरिएका लियो क्लव, क्वालिटी सर्कल, सिभिल क्लव र स्पोर्ट क्लव बीच छलफल कार्यक्रमको सम्पन्न गरेको छ ।

कलेजमा पौष ६ गते देखि हुन गइरहेको खेलकुद सप्ताह र बिइ सिभिल र यो वर्ष देखि सम्बन्धन प्राप्त गरि संचालन हुन गइरहेको बिई कम्प्युटर कार्यक्रमको को नयाँ भर्ना सम्बन्धी क्लवका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

छलफल कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले खेलकुद सप्ताहलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै सेमेष्टका विद्यार्थीहरु महत्वपूर्ण हुनु पर्ने र त्यसको लागि हरेक क्लवका पदाधिकारीहरुले समवन्यकारी भूमिका निवाह गर्नुपर्ने बताउनु भयो । डा. गिरीले कलेज नयाँ भर्ना खुल्ला गरिरहेको अवस्थामा विद्यार्थी भर्नाको लागि सबै विद्यार्थीहरुले प्रचार प्रसार गर्ने र सम्पर्कमा आएका विद्यार्थीहरुलाई कलेज प्रशासनमा सम्पर्क गराइ भर्ना अभियानमा सहयोग गर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

 

छलफल कार्यक्रममा कलेजका प्रशासकिय प्रमुख धनेश्वर चौधरी, लियो क्लव अध्यक्ष लियो ऋचा बुढाथोकी, क्वालिटी सर्कलका अध्यक्ष अर्विन के.सी. सिभिल क्लवका अध्यक्ष आयुष सुवेदी र स्पोट क्लवका संयोजक छन्द चौलागाई लगायत लियो क्लव,क्वालिटी सर्कल, सिभिल क्लव र स्पोर्ट क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्