स्वर्णीम वाग्ले दाङ आउँदै – Kanika Khabar
Monday, May 6Nepali News Portal

स्वर्णीम वाग्ले दाङ आउँदै

    मा प्रकाशित

दाङ, ९ पुस । अर्थविद् माननीय डाक्टर स्वर्णीम वाग्ले दाङ आउन लागेका छन् ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायउक अर्थ सम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टिका उपाध्यक्ष समेत रहेका डा. वाग्ले दाङ आउन लागेका हुन् ।

पुस १० गते तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजेदेखि हुन लागेको अर्थ सम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसी,नेपाल चार्टर एकाउन्टेन्स संघ(ऐक्यान)का पूर्व अध्यक्ष सिए भरत रिजाल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा लगायतले अर्थ सम्वाद कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको रिपार्टर्स क्लव प्रदेशका अध्यक्ष शरद रेग्मीले जानकारी दिएका छन् ।

त्यसैगरी अर्थ सम्वाद कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ उद्योग वाणिज्य संघ र लमही उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी हुने छन् ।
अर्थ सम्वादमा नागरिक समाज, उद्योगी व्यवसायी र पत्रकारहरुले बदलिदो अर्थतन्त्र र वर्तमान अवस्थाको बारेमा जिज्ञासा राख्न पाउने गरि कार्यक्रमको तयारी गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए । साथै कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण उद्योगी व्यवसायी लगायत आमनागरिकहरुमा आयोजकले अपिल गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्