भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट दाङका विशाल नेपालीसहित अन्य २ जना सम्मानित – Kanika Khabar
Monday, May 6Nepali News Portal

भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट दाङका विशाल नेपालीसहित अन्य २ जना सम्मानित

    मा प्रकाशित

दाङ ९ पुष

भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् ।
विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट सुपर मोडल आयुश खान तथा उत्कृष्ट मोडल सचिन खड्का सम्मानित भएका हुन् ।
शनिवार भारतको उत्तर प्रदेशमा आयोजित विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले अवार्डसहित सम्मान गरेका हुन् ।
यस अवार्डबाट विगतमा भारतीय गीतकार समिर अञ्जान, कलाकारहरु अनिल कपूर, रविना टण्डन, राहुल रोय लगायतका विशिष्ट कलाकारहरु सम्मानित भइसकेका छन् ।  दाङको लमहिमा जन्मिएका बिशाल नेपाली बिगत लामो समय देखि आफ्नो कर्मभुमी काठमाण्डौ बनाउदै सय बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन भने दर्जनौ भन्दा धेरै गितमा मोडेल समेत गरेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्