दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई – Kanika Khabar
Monday, May 6Nepali News Portal

दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्डकाे उपाधि गाेरखालाई

    मा प्रकाशित

दाङ, १० पाैष ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न `दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८० ´ काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ ।

गाेरखाले रनिङ सिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदक सहित रनिङ सिल्डकाे उपाधि चुमेकाे हाे ।

डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएकाे छ ।

जनज्योति विद्याश्रमले २ स्वर्ण , ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेकाे छ ।

मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेकाे छ ।

सनराइज एकेडेमी २ स्वर्ण पदक र १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

स्टार आवासीय माविले २ स्वर्ण, १ रजत पदक प्राप्त गरेकाे छ।

सिद्धार्थ एकेडेमीले २ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्याेतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेकाे छ ।

 

ज्याेतिपुञ्ज माेडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्ञानमाला एकेडेमी १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

राप्ती आवासीय माविले १ स्वर्ण , १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

लाली गुराँस माविले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेकाे छ ।

ज्ञानज्याेति एजुकेसनल एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेकाे छ ।

त्यस्तै लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

 

पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेकाे छ ।

 

दिपशीखा माविले ३ कास्य पदक प्राप्त गरेकाे छ ।

मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक प्राप्त गरेका छन् ।

अल्फा मावि १ कास्य, , रमना पाठशाला १ कास्य , शान्ति सुधा मावि १ कास्य, ज्ञानाेदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेकाे छ ।

कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चाैधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका राेहन बिक घाेषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गाेरखा घाेराहीका नरबहादुर बस्नेत र करिना कालाथाेकीले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमकाे अध्ययन जतिकै आवश्यक रहेकाे बताएका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख चाैधरीले भने, ` संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घाेराहीले आयाेजनाकाे गरेकाे प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयाेजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेरेकाे र हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।´ पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएकाे नगर प्रमुख चाैधरीले आभार प्रकट गरे । घाेराही उपमहानगरपालिकालाई बालमैत्री नगर घाेषणा गर्न संस्थागत विद्यालयले खेलेकाे भूमिका अविस्मरणीय रहेकाे बताउँदै प्रमुख चाैधरीले खेलकुदकाे विकासमा संस्थागत विद्यालयसँग पनि उपमहानगरपालिका सँगसँगै रहेकाे बताए । साथै प्रमुख चाैधरीले स्वास्थ्यका पनि खेल आवश्यक रहेकाे हुँदा यस्ताे आवश्यकता परिपूर्तिका लागि उपमहानगरपालिका निरन्तर सक्रिय रहनुका साथै यस कार्यलाई प्राथमिकतामा राखेकाे बताए ।

प्याब्सन घाेराही नगरका अध्यक्ष बिरेन्द्र चन्दले विद्यालय खेलमा गतवर्षभन्दा यसवर्ष उत्साह थपिएकाे बताए । साथै उनले रनिङ सिल्डलाई सफल बनाउन सदस्य विद्यालयहरू, सहभागी खेलाडी, खेल सम्पन्न बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अफिसियल टिमप्रति आभार प्रकट गरेका थिए ।
समुद्घाटन सत्रमा भएकाे मार्च पासमा गाेरखा मावि प्रथम, सिद्धार्थ एकेडेमी द्वतीय, मेचीकाली मावि तृतीय तथ जनज्याेति विद्या मन्दिर र ज्ञानज्याेति एजुकेसनल एकेडेमी सान्त्वना भएका थिए ।

समापन कार्यक्रममा प्रिन्सिपलहरूकाे १०० मिटर र खेल प्रशिक्षककाे २०० मिटरकाे दाैड प्रतियोगिता राखिएकाे थियाे । मनकामना सेकेन्डरी प्रथम, अरनिकाे मावि द्वितीय र सनराइज एकेडेमी तृतीय भएका थिए । त्यस्तै खेल शिक्षककाे दाैडमा सनराइज एकेडेमी प्रथम, मनकामना सेकेन्डरी द्वितीय र जनज्याेति विद्या मन्दिर तृतीय भएका थिए ।

प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्