सुरेन्द्र यादव अपहरण प्रकरण : सरकारी वकिलको कार्यालयले पनि जाहेरी दर्ता गरेन – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुरेन्द्र यादव अपहरण प्रकरण : सरकारी वकिलको कार्यालयले पनि जाहेरी दर्ता गरेन

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १६, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् । यस विषयमा कनिका खबरसँग कुरा गर्दै पार्टीका नेता उपेन्द्र यादवले यसपछिको विकल्प सर्वोच्च अदालत रहने बताएका छन् । सर्वोच्च अदालतले पनि जाहेरी दर्ता नमाने यो मुद्दा अन्तराष्ट्रियकरण हुने भएकाले आफूहरु कानुनी रुपमा अगाडि बढ्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्