क्यान्सरले थलिए एथ्लेटिक्स प्रशिक्षक राई – Kanika Khabar
Friday, March 29Nepali News Portal

क्यान्सरले थलिए एथ्लेटिक्स प्रशिक्षक राई

    मा प्रकाशित

कनिका खबर
असार २८, काठमाडौँ ।
एथ्लेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईलाई ब्रेन ट्युमर भएको छ । राखेपका प्रशिक्षक राईलाई ब्रेन ट्युमर देखिएपछि त्यसको शल्यक्रिया गरिएको छ । सल्यानमा बसेर लामो समय काम गरेका राईले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग गरेका थिए । राईले नै उत्पादन गरेकी पुष्पा भण्डारीले सागमा पदक जितेका थिए । राईको केही समय अगाडि काठमाडौंको न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनमा क्यान्सर देखिएको छ ।
अहिले उनलाई भक्तपुरको क्यान्सर अस्पतालमा उपचारत छन् । कमजोर आर्थिक अवस्था भएका राईको उपाचारका लागि सहयोग गरिदिन उनको परिवारले अपिल गरेको छ । राईका छोरा पनि दुबै आँखा देख्दैनन् । छोराको उपचार गरिरहेका बेला श्रीमान पनि थलिएपछि झन समस्या भएको राईकी श्रीमतीले बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्