दाङ महिला जेसीजमा पद हस्तान्तरण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

दाङ महिला जेसीजमा पद हस्तान्तरण

    मा प्रकाशित

दाङ,२२ पुस । दाङ महिला जेसीजमा१५ औं पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला जेसीजको वर्ष २०२४ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

दाङ महिला जेसीजको वर्ष २०२४ को अध्यक्षमा जुनु कुमारी बुढा निर्वाचित भएकी जुनकुमारी बुढाको टिमले पदभार सम्हालेको हो । यसअघि दाङ महिला जेसीज २०२४ को कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो ।

दाङ महिला जेसीजमा कार्यकारी उपाध्यक्ष मीना भण्डारी वली र अर्चना शर्मा, उपाध्यक्षहरु रेमन्ता पुन, प्रिया क्षेत्री, आराधना सिंह ठकुरी र दीपा पुन, महासचिव सुनिता अधिकारी रावत छिन । त्यस्तै कोषाध्यक्ष दिलु मल्ल, प्रकरण निर्देशक लक्ष्मी घमाल, सदस्यता वृद्धि सभापति विन्दु डाँगी पाण्डे, कानुनी सल्लाहकार सुनिता थापा, शाखा सम्पादकमा रोजिना गिरी, कोष वृद्धि संयोजक आकृति शर्मा, स्वास्थ्य संयोजक संगीता रोकाय, जनसम्पर्क अधिकृत बसन्ता भण्डारी, तालिम निर्देशक भिमा डाँगी , प्रवक्ता वसन्ता सुवेदी र अध्यक्ष सल्लाहकार अनिता ढकाल रहेकी छिन् ।

 

महिला जेसीज वर्ष २०२३ का अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख  आतिथ्यता सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्