राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु

    मा प्रकाशित

काठमाडौं, ८ माघ ।
राष्ट्रियसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाे छ । यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि आज रातीदेखि माैन अवधि सुरू हुन थालेकाे हाे ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

६ वर्षे कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । २० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्