आज राष्ट्रियसभा सदस्यकाे निर्वाचन हुँदै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

आज राष्ट्रियसभा सदस्यकाे निर्वाचन हुँदै

    मा प्रकाशित

दाङ, ११ माघ ।
आज बिहीबार राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज मतदान हुन लागेको हो ।

एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ। आयोगका अनुसार १९ सिटका लागि आठ वटा राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाको छुट्टै सहकार्य छ । अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।

निर्वाचनमा प्रदेशसभाका ५४९ र पालिका प्रमुख–उपप्रमुख एकहजार ४९८ गरी जम्मा २ हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ।

एक प्रदेश सांसद बराबर ५३ र पालिकाको एक जनप्रतिनिधि बराबर १९ मतभार रहेको छ । जसको कुल मतभार ५७ हजार ५५९ रहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्