राष्ट्रियसभा सदस्यकाे निर्वाचन अपडेट : लुम्बिनी प्रदेश अन्तरगत अहिलेसम्म ४१ प्रतिशत मत खस्याे – Kanika Khabar
Thursday, May 9Nepali News Portal

राष्ट्रियसभा सदस्यकाे निर्वाचन अपडेट : लुम्बिनी प्रदेश अन्तरगत अहिलेसम्म ४१ प्रतिशत मत खस्याे

    मा प्रकाशित

दाङ, ११ माघ ।
लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि आज भैरहेकाे राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ ।
दाङको घाेराहीस्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रकाे व्यवस्था गरिएको छ ।

प्रदेसभा तर्फ ८७ मत मध्ये ३४ र स्थानीय तह तर्फ २१८ मत मध्ये ९४ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय ५ जना मतदाता रहेका छ्न । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

गठवन्धनका तर्फबाट महिला काेटामा नेपाली काङ्ग्रेसकी विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिह र अन्य काेटामा गठवन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गाेविन्द चाैधरिले प्रतिस्पर्धा गर्दैछन् ।

मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ।

निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् भने एमाले र राप्रपाको छुट्टै सहकार्य छ । अन्य दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्