घोराहीमा बालकविता प्रतियोगिता,गोरखाका देवकोटा प्रथम – Kanika Khabar
Saturday, April 27Nepali News Portal

घोराहीमा बालकविता प्रतियोगिता,गोरखाका देवकोटा प्रथम

    मा प्रकाशित

दाङ, १२ माघ ।

घोराहीमा बाल कविता प्रतियोगिता भएको छ । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि बाल कविता प्रतियोगिता घोराही क्षेत्रअन्तर्गत शुक्रवार ज्ञानसिन्धु माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो ।

राती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा भएको प्रतियोगितामा घोराहही क्षेत्रका ११ विद्यालयका ३० जना विद्यार्थीको सहभागीता रहेको थियो । प्रतियोगितामा गोरखा माध्यमिक विद्यालय घोराहीका आयुष देवकोटा प्रथम, दीपशिखा माध्यमिक विद्यालयका रिजुश्री शाक्य द्वितीय, नेपाल पुलिस स्कुलका मेधावी बिसी तृतीय, माउन्टभ्यु आवासिय माध्यमिक विद्यालयका सुकृती सुवेदी सान्त्वना भएका छन् । बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको प्रमुख अतिथ्यता तथा ज्ञानसिन्धु माध्यमिक विद्यालयका प्राचार्य हुकुम बुढाथोकीको विशिष्ट कार्यक्रम भएको थियो । नीमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि भएको बालकविता प्रतियोगितामा राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष तथा जिल्ला शाखा दाङका सल्लाहकार कमलमणि देवकोटा, साहित्यकार छविलाल कोपिला र अर्जुनकुमार पौडेल ‘अर्जुन सर’ले निर्णायकको भूमीका निर्वाह गरेका थिए ।

राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार तथा निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालले आफ्ना आमाको स्मृतिमा यो पुरस्कार अक्षकोषको स्थापना गरेका हुन । कार्यक्रममा साहित्यकार यम रेग्मी, तिलक अधिकारी, श्रवण नेपाली, कृष्णप्रसाद पन्थीलगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा अक्षकोष स्थापनाकर्ताकातर्फबाट नरेश खनालको सहभागीता रहेको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सदस्य एवम् घोराही क्षेत्रका बाल कविता प्रतियोगिताका कार्यक्रम संयोजक विणा रोकाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसी गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्