आज २०७ औँ भानु जयन्ती – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज २०७ औँ भानु जयन्ती

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।
आज २०७ औँ भानु जयन्ती परेको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको ं जन्मजयन्तीका रुपमा उनलाई आज स्मरण गर्ने गरिएको छ । यसअघिका जन्मजयन्तीमा औपचारिक कार्यक्रम हुन गरेका भए पनि यस वर्ष कोभिड १९ का कारण औपचारिक कार्यक्रम तय गरिएका छैनन् । यद्यपि आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमका माध्यमबाट भानुभक्तलाई स्मरण गर्ने गरिन्छ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्