दाङ, २५ माघ ।
आज बिहीबारदेखि नेपालले क्यानडासँग तीन खेलको एक दिवसीय क्रिकेट सिरिज सुरू हुँदै छ ।
सिरिजको पहिलो खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुर मैदानमा सुरु हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली तयार रहेको बुधबार पत्रकार सम्मेलनमा बताइएकाे छन्।
यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताएका छन्। उनले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्न सबै उत्साहित रहेको बताएका हुन्।