दाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

    मा प्रकाशित

दाङ । दाङमा जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सशनिवार देखि सुरु भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुण्डी रंगशालामा सञ्चालित प्रतियोगिताको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री मास्कीले राष्ट्रको पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम खेलकुद क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आबश्यक रहेको बताउनुभयो ।
खेलकुद राष्ट्रको सान र गौरव हो यसले सिङ्गो राष्ट्रको पहिचान स्थापित गर्ने भएकाले क्षेत्रको विकासका लागि प्रदेश सरकार दत्तचित्तका साथ लागि पर्ने मन्त्री मास्कीले बताउनुभयो ।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का,बङ्गलाचुली गाउँपालिका अध्यक्ष सुवास पुन, प्रहरी प्रमुख राम बहादुर केसी विभिन्न खेल संघका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ । बिगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागी हुने गरेकोमा यस बर्ष पालिका–पालिका बिच नै कडा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालले जानकारी दिनुभएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तेक्वान्दो, कराते, एथ्लेटिक्स, भलिबल र कबड्डी खेलमा प्रतिस्पर्धा हुनेछन् ।
जिल्ला खेलकूद विकास समितिका सदस्य नोखी रावतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष ध्रुब आचार्यले गर्नु भएको थियो ।
यसैबिच एथलेटिक्स अन्तरगत हिजाे सम्पन्न १०० मिटर दौड छात्र तर्फ लमही नगरपालिका क्षितिज एमसी प्रथम, तुलसीपुर उपमहानगरपालिकाका अर्जुन कुमार वलि द्वितिय र शान्तिनगर गाउँपालिका अमर नेपाली तृतीय भए ।त्यस्तै छात्रा तर्फ घोराही उपमहानगरपालिकाका गरिमा चौधरी प्रथम,तुलसिपुर उपमहानगरपालिकाकी धवनी नेपाली द्वितीय र लमही नगरपालिकाका सुमित्रा चौधरी तृतीय भए ।

यसैगरी १५०० मिटर दौड छात्रा तर्फ तुलसिपुर उपमहानगरपालिकाका मोतिकला डाँगी प्रथम,बबई गाउपालिकाकी अन्जु वलि द्वितीय र गढवा गाउपालिकाका अरुनिमा चौधरी तृतीय भए । त्यस्तै छात्रतर्फ गढवा गाउँपालिकाका पुरुषोत्तम चौधरी प्रथम,शान्तिनगर गाउपालिका जीवन परियार द्वितीय र घोराही उपमहानगरका सुमन बुढा तृतीय भए । प्रतियोगिताका आज आइतवारका खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ्न ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्