जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा तुलसीपुरको अग्रता – Kanika Khabar
Saturday, May 18Nepali News Portal

जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा तुलसीपुरको अग्रता

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर,२८ माघ ।
दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ ।
दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेल्झुण्डी रङ्गशालामा सञ्चालित प्रतियोगितामा १० स्वर्ण ४ रजत र ३ कास्य पदक जितेको तुलसीपुरले दोस्रो दिनसम्म पदक तालिकामा अग्रता कायम राखेको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका ६ स्वर्ण,२ रजत र ४ कास्य पदकका साथ दोस्रो स्थानमा रहँदा लमही नगरपालिका ४ स्वर्ण,५ रजत र १ कास्य पदक हात पार्दै तृतीय स्थानमा रहेको छ ।
राजपुर गाउपालिका १ स्वर्ण,३ रजत पदक हात पार्दै चौथो स्थानमा रहेको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ ।

विगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागि हुने गरेकोमा यस वर्ष पालिका–पालिका बिच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।
यसबिच प्रतियोगितामा भोलि अन्तिम दिन भलिबल,कवड्डी छात्र/ छात्रा फाईनल,खेल हुनेछ्न । भलिबल छात्र / छात्रा फाइनलमा तुलसिपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका भिड्नेछन् । त्यस्तै कबड्डी छात्रतर्फ तुलसीपुर र राप्ती गाउँपालिका बिच कडा प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्