क्यानडाविरूद्ध नेपालकाे सानदार जित – Kanika Khabar
Saturday, May 18Nepali News Portal

क्यानडाविरूद्ध नेपालकाे सानदार जित

    मा प्रकाशित

दाङ, २९ माघ ।

तेस्रो एक दिवसीय सिरिज खेलमा नेपालले क्यानडाविरूद्ध सानदार जित निकालेकाे छ । आज साेमबार टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेटाउँदै सानदार जित निकालेको हाे ।

नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ ।

नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै अनआउट रहे ।

उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय एक दिवसयमा दुबैको यो पहिलो शतक हो । त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्