काँडेतारको ट्रेलर सार्वजनिक – Kanika Khabar
Saturday, April 27Nepali News Portal

काँडेतारको ट्रेलर सार्वजनिक

    मा प्रकाशित

दाङ, २ फागुन ।
अभिनेता, निर्माता तथा निर्देशक नवल खड्काको फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । हिजो मङ्गलबार काठमाडौँमा एक कार्यक्रमकाबीच ट्रेलरसार्वजनिक गरिएको हो।

फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाइएको छ । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने आवाज फिल्मको मुख्य विषयबस्तु रहेको छ ।

फिल्मको शीर्ष भूमिकामा नवल स्वयमले अभिनय गरेका छन् । साथमा, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको अभिनय रहेको छ ।

देशभर च्यारिटी प्रदर्शन गरिएको यो फिल्म अब भने हलमा प्रदर्शनमा आउन लागेको हो । सामना फिल्मस प्रालि प्रस्तुति रहेको फिल्मको निर्मातामा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्का छन् । सत्यकला राई फिल्मको कार्यकारी निर्मात्रीको रुपमा छिन् ।

यही फागुन २५ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्