दाङ क्रिकेट लिग–२ का लागि अक्सनमार्फत खेलाडी छनोट – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङ क्रिकेट लिग–२ का लागि अक्सनमार्फत खेलाडी छनोट

    मा प्रकाशित

दाङ । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो राशिको क्रिकेट प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ मा खेल्ने खेलाडीहरुको अक्सन भएको छ । प्रतियोगिता खेल्ने ५ वटा टिमहरूले राष्टिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासँगै प्रदेश तथा जिल्ला तह र उमेर समुहबाट विभिन्न खेलहरु खेलेका खेलाडीहरुलाई शनिबार घोराहीमा भएको अक्सनमार्फत क्वलमा आवद्ध गरेका हुन ।

अक्सनमार्फत खेलाडी खरिदमा सबैभन्दा बढी मुल्यमा विभागीय टिम नेपाली सेनाबाट खेल्दै आएका कपिलवस्तुका बसिर अहमदलाई दंगाली लायन्सले आफ्नो क्लबमा भित्राएको छ । अहमदलाई दंगाली लायन्सले ५६ हजार रुपैयाँमा भित्राएको हो । अन्य खेलाडीलाई पनि पाँच वटै क्लबले राम्रो मुल्यमा क्लबमा आवद्ध गरेका छन् । अक्सनबाट साविक विजेता घोराही टाईगर्सले सबैभन्दा महङ्गो मुल्यमा दाङबाटै १९ वर्ष मुनिका खेलाडी वृषभ सेन्चुरी र सिनियरबाट मनोज पुनमगरलाई समान ३१–३१ हजार रुपैयाँमा आवद्ध गरेको छ ।

अन्तर्राष्ट्रिय खेल खेलिसकेका दीलिप नाथ, दिपेश कँडेल, अर्जुन घर्तीलाई समान १५–१५ हजारमा,प्रतिश जिसीलाई २७ हजारमा, दाङबाट सिनियरमा अनुप न्यौपाने, मिलन बुढाथोकीलाई १५–१५ हजार, रविन थापालाई २० हजार, १९ वर्षमुनिमा आकाश चौधरीलाई १२ हजार, १६ वर्षमुनिमा आकाश पाण्डेलाई १० हजार र हेमराज सापकोटालाई १३ हजारमा खरीद गरेको हो ।

घोराही टाईगर्सको मार्की खेलाडीका रुपमा रसिद खान र कप्तानमा सुशान्तसिंह थापा रहेका छन् । यसैगरी साविक उपविजेता देउखुरी वारियर्सले सबैभन्दा महंगा खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका दीपक बोहरालाई ३७ हजार रुपैयाँमा भित्राएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका प्रज्वल थापालाई १५ हजार,दाङ सिनियर खेलाडीबाट आशिष वलीलाई २३ हजार, थमन वली, सुरज खनाल, राजकुमार कुमाल, केशवप्रसाद शर्मालाई समान १५–१५ हजारमा क्लबमा भित्राएको हो ।

देउखुरी वारियर्सले सबैभन्दा कम उमेर समुहमा सबैभन्दा धेरै मुल्यमा १६ वर्षमुनिका खेलाडी सुभम खनाललाई ३५ हजार मुल्यमा क्लबमा भित्राएको छ । सोही उमेर समुहबाट जोन वलीलाई १२ हजार र १९ वर्षमुनिको खेलाडीमा आयुष वलीलाई २६ हजार, मनिष केसीलाई १२ हजारमा वारियर्सले किनेको छ । देउखुरी वारियर्सको मार्की खेलाडीका रुपमा नारायण जोशी र कप्तानमा विशालविक्रम केसी रहेका छन् ।

दङाली लायन्स लिगमा सबैभन्दा बढी मुल्यमा खेलाडी भित्राउने क्लब बनेको छ । दङाली लायन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका बसिर अहमदलाई ५६ हजार मुल्यमा खरीद गरेको छ । यसैगरी दाङ सिनियरबाट शिशिर डिसीलाई ४७ हजार रुपैयाँमा क्लबले किनेको छ । यसैगरी प्रकाश जैशीलाई २१ हजार, शंकर राना, लोकेश बमलाई समान १५–१५ हजारमा क्लबमा भित्राउदा दाङको सिनियर समुहबाट विजय बुढामगर, सनम श्रेष्ठ, हेमराज रानालाई समान १५–१५ हजारमा खरीद गरेर हो । दाङबाट १९ वर्ष मुनिको समुहमा किसन भारती र दीपिन बिष्टलाई समान १२–१२ हजार र १६ वर्ष उमेर समहुमा अंकित बुढा मगर र सचिन आचार्यलाई समान १०–१० हजारमा किनेको छ । दंगाली लायन्सको मार्की खेलाडीमा बीरबहादुर घर्ती र कप्तान विपिन खत्री रहेका छन् ।

अक्सनमा तुलसीपुर रोयल्सले दाङको सिनियर समुहबाट बिराटसिंह भण्डारीलाई सबैभन्दा धेरै मुल्य लगाउँदै ४० हजार रुपैयाँमा क्लबमा भित्राएको छ । रोयल्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेको समुहबाट विपिन रावल र भुवन कार्कीलाई समान १९–१९ हजारमा, रुपेश सिंहलाई १७ हजारमा किनेको छ । दाङको सिनियर समुहबाट शंकर बुढा, गोपाल केसी, विनोद कुमार बिक, स्माईल अन्सारीलाई समान १५–१५ हजार, १९ वर्ष मुनिमा नविन बिकलाई १२ हजार र निर्मल डाँगीलाई १० हजार र १६ वर्ष मुनि उमेर समुहमा दानिस अन्सारी र सुमित भण्डारीलाई समान १०–१० हजारमा क्लबले आवद्ध गरेको छ । तुलसीपुर रोयल्सको मार्की खेलाडीमा अमरसिंह रौटेला र कप्तानमा दिवान पुन रहेका छन् ।

पुरन्धारा च्यालेन्जर्सले १९ वर्ष उमेर समहुबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका दाङ सिनियर समुहका खेलाडी राजबीर सिंहलाई सबैभन्दा धेरै मुल्य ४२ हजारमा क्लबमा आवद्ध गरेको छ । पुरन्धाराले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका दीपेन्द्र रावतलाई २३ हजार, प्रनित थापा, कृष्ण कार्की र रित गौतमलाई समान १५–१५ हजार, दाङको सिनियर समुहबाट हरिस केसी, बिक्रान्त डाँगीलाई समान १५–१५ हजार, १९ वर्ष उमेर समुहबाट करण घर्ती मगरलाई १६ हजार र सचिन खत्रीलाई १२ हजारमा क्लबमा भित्राएको छ । १६ वर्ष मुनिको खेलाडी समुहमा सुजल वलीलाई ३१ हजार र प्रिन्स थापालाई १० हजारमा भित्राएको छ । पुरन्धारा च्यालेन्जर्सकोे मार्की खेलाडीमा राष्ट्रिय टिमका सदस्य अर्जुन राउद र कप्तानमा मोहन खत्री रहेका छन् ।

प्रत्येक टिम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था आयोजकले गरेको थियो । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । लिगमा २ सय खेलाडीबाट ६० जना मात्रै अक्सनमा परेका छन् । प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको थियो । सोही मापदण्ड अनुसार क्लवहरुले खेलाडी खरिद गरेका हुन ।

दाङ क्रिकेट लिग सिजन–२ मा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्सले शनिवार अक्सनमार्फत खेलाडी खरिद गरेको दाङ क्रिकेट संघका जिल्ला अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले जानकारी दिएका छन् । प्रतियोगिता आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरिया रहेको घोराही क्रिकेट मैदानमा हुनेछ् ।

अक्सन नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्ष तथा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य लेखबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता एवं लुम्बिनी क्रिकेट संघका सचिव कैलाश रोकामगरको बिशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्